नियम ३८
बढुवा समितिले दिने अङ्कको निर्धारण
: (१) प्रत्येक प्रहरी कर्मचारीले बढुवा समितिले अङ्क दिने प्रयोजनको लागि अनुसूची—१२ बमोजिमको नेतृत्व क्षमता तथा मूल्याङ्कन फाराम तीन प्रति भरी प्रत्येक वर्षको साउन १५ गतेभित्र नियम ३१ बमोजिमको सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आफूलाई प्राप्त तीन प्रति फाराममा सुपरिवेक्षकले मूल्याङ्कन गरी भदौ ७ गते भित्र प्रहरी प्रधान कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएका फाराममा बढुवा समितिको अध्यक्ष तथा सदस्यले छुट्टाछुट्टै मूल्याङ्कन गरी दिएको अङ्कको औसतबाट बढुवा समितिले अङ्क निर्धारण गर्नेछ ।
(४) बढुवा समितिका अध्यक्ष वा सदस्यले उपनियम (२) बमोजिम अङ्क दिँदा कुनै प्रहरी कर्मचारीलाई दुई भन्दा कम अङ्क दिनु परेमा वस्तुगत कारण समेत उल्लेख गर्नु पर्नेछ ।
(५) बढुवा समितिका अध्यक्ष वा सदस्यले उपनियम (२) बमोजिम अङ्क दिँदा साहसिक कार्य, राष्ट्र तथा प्रहरी सङ्गठनको नाम उच्च राख्ने प्रशंसनीय कार्य तथा सिर्जनात्मक एवं लगनशील कार्य गर्ने प्रहरी कर्मचारीलाई वस्तुगत कारण खोली अधिकतम सात दशमलव पाँच अङ्क दिन सक्नेछ ।